एउटा पत्र उनको नाउँमा कोरूँ कोरूँ लाग्यो आज
मनभित्रका सयौ सबाल गरूँ गरूँ लाग्यो आज
बाचा कसम प्रतिज्ञाले भरिएका पत्र लगी
उन्कै घरको आगनीमा छरूँ छरूँ लाग्यो आज
भुल्न गाह्रो हुँदो रहेछ पहिलो प्रेम जिन्दगीको
अन्तिम पटक पधेरीमा झरूँ झरूँ लाग्यो आज
धेरै धेरै रमायौ रे उसले तिम्रो सिउदो भर्दा
देउरालीको साक्षी ढुङ्गा फोरूँ फोरूँ लाग्यो आज
खुचिङ भन्दा दोबाटा ती चौतारी र बिसौनीले
सयौ डाडा पारी बसाइँ सरूँ सरूँ लाग्यो आज

गज
गज मैले बाटो फेरी सके पत्र कोर्न छोड अब
पागल प्रेमी कति बन्छौ अन्तै पाइला तिमि मोड अब
बाचा कसम खाको भन्छौ मलाइ भेट्नु पहिले होला
अतित बिर्सी हाँसेकी छु ,झुटो नाता तोड अब
मलाइ पनि पहिलो भन्यौ उसलाई ,त्यसलाई सबलाई पहिलो
झुटो बोल्न छोडी देउ एउटा माया गोड अब
को चहि रोयो भन् तिमि नंया जिबन शुरु गर्दा
देउरालीलाई किन दोष आफै अतित छोड अब
लखनपुर ३ झापा,नेपाल
हाल;बहाराइन
yOGRA JI tapai ko gajal
yOGRA JI tapai ko gajal sabda haru ramro6 tara gajal ko pahilo sher makta ma kafiyako khallo prayog bhayo ra 4 no ko sher ma pani ali jamena jasto lagyo कोरुकोरु? गरुगरु ………?
छरुछरु झरुझरु फोरुफोरु? सरुसरु bhabana ma badhiyeko gajal ka harek sabda haru gahakila 6n
subhakaamana6
मनोज जि,
गजल पढी प्रतिक्रिया
मनोज जि,
गजल पढी प्रतिक्रिया र सुझाब दिनुभएको मा हृदय देखि नै धन्यवाद!
म स्व्यम अनी लेखक को तर्फ बाट। अनी मनोज जी यो चाँही कृष्ण
(लेखक) को बस्तविक भोगाई होरे। अनी ओहा पनि गजलकार नभएर एक पाठक मात्रै हो। अनी मैले नै कर गरेर यो गजल जस्तो लागेर प्रेशित गरेको हुँ । आगामी दिनहरुमापनी यसरी नै प्रतिक्रिय अनी सुझाब दिनुहुनेछ भन्ने आसका साथ पुन: धन्यवाद भन्दै बिदा मागे।
योगराज