के रात के दिन, सधैं उस्तै छ यहाँ
पलपल बिनाशले, देश डस्दै छ यहाँ।
सबै भन्छन जताजतै, महँगीले आकाश छोयो
अरु भन्दा मान्छेको, जीवन सस्तो छ यहाँ।
हारै हारको युद्दमा, आँगन कुरुक्षेत्र बन्यो
पुर्खाले आर्जेर छोडेको, स्वाभीमान खस्दै छ यहाँ।
कतै थोक कतै खुद्रा, हाताहात सधैं जसो
अफ्घानिस्तान,सिअरालिओन,टिमोर जस्तै छ यहाँ।
उठौं युवा सबै हामी, देश बचाउँन अब
गाउँ शहर फेरी, बन्दुक पस्दै छ यहाँ।
के “अमरदीप”
krishnagk_102@yahoo,com
