लौ नयाँ बर्ष आयोरे
सबैले खुसियाली मनाउनु पर्ने रे
मिठो मिठो खानु पर्ने रे
अनी राम्रो लगाउनु पर्ने रे
अनी भन्नु पर्ने रे “हेप्पी न्यू इअर्”
हाँमी रमाउछौं मोज्मस्ती गर्छौ
कोही आफु खुशी त कोही वाध्यतामा
चाहे मन भित्र बाट होस् यात अभिनय मात्रै
तर हामी रमाउछौ नाच्छौ र झुम्छौ
अनी भन्छौ “हेप्पी न्यू इअर्”
हजारौं नारीको अस्मिता सँग
खेल हुदैछ होला नयाँ बर्ष को बहानामा
कैयौं जिन्दगी को मोल हुँदै छ होला
रातारात आलिसान महल भित्र
रै पनि भन्नु पर्ने रे “हेप्पी न्यू इअर्”
एक बर्ष सम्म झुन्डिएको ‘क्यालेन्डर’ फेर्छौ
अनी भित्ताको फोहोर रङले ढाकी दिन्छौ
बर्ष भरीको कुकर्ममा आदर्श को छिटो हाल्दै
स्वभीमानी को नक्कली खोल ओढ्ने प्रयास गर्छौ
अनी भन्छौ “हेप्पी न्यू इअर्”
तर, तर समय बित्दै जान्छ
भित्ताको ‘क्यलेन्डर’चुप चाप हेरी रहन्छ
हाम्रा चर्तिकला अनी नाटकहरु
पुरानै बर्ष पुन: दोहोरिन्छ
हाम्रा तिनै नराम्रा बानी हरु
अनी तिनै काँचुली रुपी आदर्श
तिनै पुराना सोचाइ र बिचार
पहिलाका गल्तीहरु सुधार्नै चाहादैनौं
भित्ताको ‘क्यलेन्डर’ साक्षी छ
सु-परिवर्तन भएकै छैन
रै पनि भन्छौ “हेप्पी न्यू इअर”
हामीले आफु भित्रका फोहोर सफा गर्न चाहन्नौ
बिचार र विवेक खार्न चहन्नौ
सधैं हेरी रहन्छौ आफ्नो गोजी भर्ने दाउ
कसैको खुशी त कसै को गास खोसी दिन्छौ
रै पनि भन्छौ “हेप्पी न्यू इअर”
के “अमरदीप”
हाल : दुबइ
krishnagk_102@yahoo.com
