Skip to content

……म तिमीमा हराएँ,


सपना वा बिपना खै कुनमा हराएँ,
मायालु ती तिम्रा गुनगुनमा हराएँ,

न्यानो त्यो स्पर्श काखको शिरानी,
माया पोखिएको बिस्कुनमा हराएँ,

तिम्रै लागि कोरिएका प्रेमका गीत
संगीतको मधुर धुनमा हराएँ,

झिस्मिसे साँझ त्यो धिप्धिपे दियालो,
तिमीसँगै रूझेको मनसुनमा हराएँ,

तिम्रै यादमा सुदूरको जीवन,
तिमी जस्तै कोमल जुनमा हराएँ,
प्रतिविम्ब हेर्दै जूनमा हराएँ।।।

बिश्वोराज न्यौपाने,
हेटौंडा-०३, देवीपथ,
lykaudinya@gmail.com

1 thought on “……म तिमीमा हराएँ,”

  1. boshoraj ji gajal ko bhav
    boshoraj ji gajal ko bhav ramro lagyo tara gajal ko pahilo mishira ma kafiya bhayena makta ma kafiya milaaunubhayo bhane dherai ramro hun6

Leave a Reply

Your email address will not be published. Required fields are marked *