अरुलाई नै सिउदो ,भरायौ आखिर
मर्नु न बाच्नु मलाई ,गरायौ आखिर
हासो खुशी जीत सबै तिम्रो पेवा भयो
मलाई भने नमिठो ,हरायौ आखिर
तिम्लाइ निश्छल निश्छल माया गरेथे
इज्बत पो लुट्यो भनि ,करायौ आखिर
तिमी शिखर माथि हर्स बिभोर साथ
मलाई त तारे भिर ,झरायौ आखिर
गरीब छ भनेर होला खिलाफी सग
जीवन काट्न धेरै नै ,डरायौ आखिर
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा

त्यस्तो निष्ठुरी पो!
त्यस्तो निष्ठुरी पो!