सललल बगी जाने
पानी भयो जीवन,
थाहै नपाई जान लाग्यो
बैशालु यौवान।
हिजो जस्तो लाग्छ मलाई
हामी खेल्दै हिंडेको
बा-आमाको पैसा चोरी
चुइगम् चकलेट किनेको
देउरालीको भन्ज्याङ्मा
गाउदै हामी बसिन्थ्यो
पालैसँग गाउथे हामी
पालैसँग नाचिन्थ्यो
आजै जस्तो लाग्छ मलाई
बरको रुख चढेको
तित्रे चरी लखेट्दा
पांग्रे भीरमा लडेको
घिमिरे बाको उखु चोर्दै
हामी स्कुल गइथ्यो
अन्तिममा त ओरालोमा
म एक्लै पो भैन्थियो
घिमिरे बाले लखेट्थ्यो
सबै भाग्थ्यौं हामफाली
भेट थियो मलाई सजाय दिन्थ्यो
दुवै कानमा उचाली !!
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

आत्मीय साथीहरु मो एउटा
आत्मीय साथीहरु मो एउटा साहित्य प्रेमी ब्यगती मात्रै हु .सारमा भन्नु पर्दा मलाई साहित्यको परिभासा र अर्थ नै राम्रो संग थाहा छैन र न त् मैले यस बिसयमा अध्धयन नै गरेको छु .सिरिप म साहित्यलाइ माया गर्छु र जान्न चाहेको मात्रै हो.तेसैले मेरो लेख रचनामा असुद्धता धेरै हुन्छा कृपया हजुरहरुले अन्यथा नलिनु भै हौसला स्वरूप सल्लाह सुजाब दिन्नु हुन्न क निम्ति म यहाँ हजुरहरुलाई mail add::Reasonlama_rumba@yahoo.com छोड देको छु आशा छ सुजाबहरु पाउनी छु .
राजेश रुम्बा लामा.”अतृप्त”
राजेशजी,
शुद्धाशुद्धी मिलाएको
राजेशजी,
शुद्धाशुद्धी मिलाएको छु। सबैका बाल्यकाल त्यस्तै!!! अहिले सोच्दा सपना जस्तो लाग्ने!
अर्को पटक नेपाल जाँदा घिमिरे बालाई एउटा च्यादर भए पनि उपहार लगिदिनुहोला। ऊबेलाको बदमासीको क्षतिपूर्ति त तिर्नै पर्यो नि। कसो? 🙂
hahahhaa mitra tyo ghimere ba
hahahhaa mitra tyo ghimere ba le pahila nai baaluwaa khai sakeko 6 tesaile dukha lag6 samjhida pani..
rajesh rumba lama atript
कृपया मेरो साहित्यिक ब्लग
कृपया मेरो साहित्यिक ब्लग http://www.niru21.wordpress.com हेरेर मलाई आवश्यक पृष्ठपोषण दिनुहोला !
उही तपाईंको
नीराजन शिरीष