Skip to content

अरुको सानो सानो गल्ती


अरुको सानो सानो गल्ती देखिन्छ यहाँ
भाग्य पनि पक्षपात गरी लेखिन्छ यहाँ

कति आकांक्षाहरूमा कठोर प्रहार गरिंदा
सत्यता असत्यको मसीले मेटिन्छ यहाँ

उम्केर त्यो भीडबाट भाग्दा भाग्दै पनि
जताततै घातको निशानी भेटिन्छ यहाँ

अँध्यारो चारैतिर अत्यास लाग्छ, पछि
ख्याल गरी गरी घाँटीनै रेटिन्छ यहाँ

गीता थापा (दोषी)
हाल-ईजरायल

4 thoughts on “अरुको सानो सानो गल्ती”

  1. गजल तिर्थ यात्री ,पौडेल
    असल

    गजल तिर्थ यात्री ,पौडेल
    असल आलोचक सच्चा मित्र ठान्नु म त हेर
    भाग्य आफै बनाउने हो लेखक बस्छ कहाँनेर

    सत्य जहिले तितो हुन्छ अर्ति बिष बन्छ
    आकंक्षा महत्याकंक्षामा बदलियो भने चहि जान्छ खेर

    भाग्नु हुन्न घातहरुमा लड्नु पर्छ सत्य
    द्रौपदीको साडी तान्दा कत्रो लग्यो ढेर

    अध्यारोलाई नाश गर्न अन्तर दृष्टि चाहिन्छ
    अन्तर ज्ञान भयो भने जान्छ निसान खेर

  2. निर्मला जी गजल एकदम सुन्दर छ
    निर्मला जी गजल एकदम सुन्दर छ तपाईंको गजल पढेर एउटा कबिता लेम्हेको छु हेर्नुहोल साथै उतर उतर प्रगती को कामना ।।नेपाल आमाको न्यानु काख छोडि
    बिदेश पलायन भयर
    हरेक काडे बार लाई पारगर्दै
    म आफ्नु भाग्य रेखा आफै कोर्दै छु
    भन्छन् जन्मेको छैटौदिनमा भाबी आउछ रे
    बालकको निधारमा भाग्य रेखा कोरेर जान्छ रे
    तर त्योत रुडिबादी मात्र हो
    आफ्नु भाग्य रेखात आफैले कोर्नुपर्छ ।

    त्यसैले
    अब भर नपरी भाबीको
    सबैले आफ्नु भाग्य रेखा आफै कोर्नु पर्छ
    र मैले आफ्नु भाग्य रेखा कोर्न थालिसकेको छु
    धन र दौलतता एउटा दिर्घ रोग हो
    जसले गर्दा मानिस सधै अस्वस्थ रहन्छ
    शुख त केबल क्षणिकमात्र हो
    दु:ख नै जिबन भरी रहिरहन्छ ।

    त्यसैले
    कोर्दिन गगन्चुम्मी महलहरु
    कोर्नेछु केबल घाम पानि छेक्ने झुपडी
    चाहिदैन सुखको संसार मलाई
    बगेर जानेछ त्यो एक दिन स्राबणको भेलसरी
    कोर्नेछु रेखा एउटै त्यो दु:खको
    जसले गर्दा उठुन मेरा हत्केलामा ठेला
    पौठाजोरी गर्न सकुन भनेर सधैं
    दरा रहुन मेरा हत्केला ।।
    दरा रहुन मेरा हत्केला ।।।
    प्रेम बाबु
    premqn.2007@yahoo.com

    1. thats shounds good all of us
      thats shounds good all of us ramchele must be proud of you uncal you are doing good on writing poem ,story , truth story and lot more.badhai and keep it up
      bhesha raj (ramesh)

Leave a Reply

Your email address will not be published. Required fields are marked *