जहाँ गए नि तिम्रै बास
जे गरे नि तिम्रै आश
लाग्दो रैछ आश प्रभु
रहेन्जेल यो सास।
समय त निस्ठुरी भो
तिमी पनि किन त्यस्तै
भन्देऊ न त प्रभु मलाई
अहिलेही के गरौ खास ||
दिने भए दिए हुन्थ्यो
नदिने भए हुन्न भन्नु
मागेको धेरै फेरि होइन प्रभु
मात्रै गाँस, बाँस, कपास ||
म त तिम्रो साधन मात्र
साध्य फेरि तिमी नै
यात्रा मेरो भने पनि गन्तव्य तिमी नै
फेरि पनि बन्नुपर्ने किन म निरास प्रभु ||
जहाँ गए नि तिम्रै बास
जे गरे नि तिम्रै आश
लाग्दो रैछ आश प्रभु
रहेन्जेल यो सास ||

ramro cha……
ramro cha……