Skip to content

बेहोसी ‘लभ’

भेट भयो फिलिमहलमा ‘लभ’ हाम्रो ‘डिप’ भयो
मेरो काख उसको लागि थकाई मार्ने ‘सिट’ भयो।

हिजो सम्म पिरती त सन्जीवनी जस्तो लाग्थ्यो
त्यही मायाँ आज मलाई नउत्रिने बिश भयो।

कति थिए लक्ष्य अनी सपना र इच्छ्या हरु
मझेरी को डिल पनि आज मलाई ढिक भयो।

ज्योतिशीले हात हेर्दा आयु लामो रैछ भन्थे
हारी सक्यो जिन्दगीले उमेर बल्ल बिस भयो।

धेरै पछि मात्र मैले, थाहा पाएँ तिम्रो चाला
मेरो आफ्नो सानो भुलले, आज मालाई एड्स भयो।

-के “अमरदीप”
चितवन, हाल:दुबई
krishnagk_102@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *