Skip to content

किन यति छिटै …….??

किन यति छिटै …….??
तिमीले मैले रोपेको प्रीतको फुल
नफक्रदै किन गेड्ना खोछौ सानु
दुइ मुटु सधै एक सम्झिन्थियो त
आज तिखो छुराले किन छेड्न खोछौ सानु !

अजम्बरी फुल फुलाउनु पर्छ भन्थीयो हिजो सम्म
आज कोपिलामै किन गेड्ना खोछौ सानु
स्वर्नाक्षरले लेख्नु पर्छ भन्थियो हाम्रो प्रेम कहानी
खरानीमा लेखेको अक्षर झैँ आज
तिमीले किन मेट्न खोछौ सानु !!

म मरे पनि माया मार्ने छैन काले भन्थियो हिजो सम्म
आज सानो गल्तिमै किन माया मार्न खोछौ सानु
रुए बरु मै रुन्छु तिम्रो आखामा आशु देख्न चाहान्न भन्थियो
तर आज पल पल किन आशु झार्न खोछौ सानु !

भौतिकरुपले टाढा भएनी मन-तनमा नजिक छौ भन्थियो
यति छिटै आज किन टाढा पार्न खोछौ सानु ,
हाम्रो प्रेम अमर बनाउन जस्तो सुकै ब्यवादान संग मोकाबिला गर्छु भन्थियो
एक खुट्किला मै आज तिमि किन हार्न खोछौ सानु !!

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

1 thought on “किन यति छिटै …….??”

  1. आत्मीय साथीहरु मो एउटा
    आत्मीय साथीहरु मो एउटा साहित्य प्रेमी ब्यगती मात्रै हु .सारमा भन्नु पर्दा मलाई साहित्यको परिभासा र अर्थ नै राम्रो संग थाहा छैन र न त् मैले यस बिसयमा अध्धयन नै गरेको छु .सिरिप म साहित्यलाइ माया गर्छु र जान्न चाहेको मात्रै हो.तेसैले मेरो लेख रचनामा असुद्धता धेरै हुन्छा कृपया हजुरहरुले अन्यथा नलिनु भै हौसला स्वरूप सल्लाह सुजाब दिन्नु हुन्न क निम्ति म यहाँ हजुरहरुलाई mail add::Reasonlama_rumba@yahoo.com छोड देको छु आशा छ सुजाबहरु पाउनी छु .

    राजेश रुम्बा लामा.”अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *