थाहै नपाई आँखाबाट आँसु झर्यो आज
हाँसौ भन्थें उनीसँग मनै मर्यो आज
नियतिले ठगिदियो बाँच्न गाह्रो भयो
धोका दियो दैवले`नी यो के गर्यो आज
समयलाई बशमा पार्न खोज्दै थिएँ
आफ्नै जीवन खुकुरीको धारमा पर्यो आज
उनको सिउँदो सजाउने धाको मनमै रह्यो
मरो भाग्य पराईको हातमा सर्यो आज l
नौबिसे–३, धादिङ
