Skip to content

तिमी सधै स्वतन्त्र छौ सानु


भार लागे सिउदोको सिन्दुर
अहिलेबाट फाले हुन्छ
वाक्क-दिक्क लागे मेरो माया
अरुसँगै माया लाउन थाले हुन्छ !

सम्झेको थिएँ तिमी देवी म पुजारी
तर त्यो सपना रहेछ
अहिलेबाट मेरो सिर ढाले हुन्छ

भोज लागे गलाको पोते
चाड चुडी गरी घारीतिर फाले हुन्छ

गन्तव्यहिन लागे मेरो बाटो
अन्तै पाइला चाले हुन्छ
अफ्ठेरो लागे रातो सारी
सलाई कोरी बाले हुन्छ

राजेश रुम्बा लामा
दोहा कतार
reasolama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *