Skip to content

अब त अत्ति भो चेली

अब त अत्ति भो चेली
अब त अत्ति भो चेली बन्द गर तिमी ड़ाइबरले गाडी चला झैँ
अरुले चलाउदा चलन
२ शब्द मिठो बोल्दैमा ,लोभ लालच देखाउदैमा
मैन बत्ति झैँ गल्न !
हर अखबारका पन्नाहरुमा पढ्न र हेर्न पाइन्छ
नेपालि चेलीहरु दुरदेशमा अलपत्र पर्यो रे
दानब हरुको सोसन सहन नसकी आत्महात्य गर्यो रे !!
कठै!कति बिडम्बनाका कुरा समाचार नेपाली चेलीको बिसयमा सुन्छ,
चाहे जोही किन नहोस आखिर नेपाली चेली न त हो आफ्नै आमा दिदि झैँ यो मनमा हुन्छ !
त्यसैले म भन्छु तिमीले आहिले देखि छोड चारपैशे दलालीहरुको मिठो कुरा सुन्नलाई
उज्ज्वल भविष्यका काल्पनिक सुनको जाली बुन्नालाई !!
सुन्निछ कायों नि – अपराध नेपालिचेलिहरु कुबेत ,साउदीका चिसो जेलभित्र कोचाएको छरे !
भृकुटी र सिता जस्तो मेरो महाननेपली चेलीहरुलाइ अप सब्द र कु ब्यबाहर गर्दै पराइले होच्याएको छरे !!
त्यसैले त म भन्दैछु बन्द गर तिमीले ठुला ठुला सपना देख्न !
अरु चहीना पुगोस तिमीलाई साझ,बिहान हाट मुख जोड्न र तिम्रो लाज छेक्न !!
सुनिन्छ धेरै सुखी र धनि हुनी आशामा मेरो चेली चोरबाटो हुँदै मुग्लानको लागि सात समुन्द्र तर्यो रे
जादा जादै बीचबाटोमै बिचालिमा पर्यो रे !त्यसको फाइदा उठाउदै बिरानु ठाउमा पराइ हरुले पशु समान ब्यबाहर गर्यो रे !! सहन नसकी चोटहरु कोमल ति नयन बाट आशुको ढिक्काहरु झर्यो रे !!
आफ्नु इज्जेत,आश्था र नैतिकतालाई सम्झी अकालमै मेरो चेली मर्यो रे ……..
त्यसैले मेरो बिन्ति छ चेली, तिमी परदेश आउने कुरै नगर ….मानब तस्करी हरुको तिमी कहिले भर नपर ………..
आखिर तिमी नारी हो ….यस अर्थमा तिमी लक्षमी हो , त्यसैले आफ्नै ठाउमा ,आफ्नै गाउमा बास हुनु पर्छ , तिमी नै झोली तुम्बा बोकी अपर्देश पराइको चाकरी गर्न खोछौ भने, हाम्रो दैलोमा कहिले शान्ति छाउने??पर्देशिना बिबश हामी पर्देशी को भन्दै नेपाल आउने ?? को भन्दै नेपाल आउने ??

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *