अरुको गुलामी नगर साथी
आफ्नै नेपाली दाजु भाइलाई मारेर
दाइँ चिउरे पन नदेखाऊ साथी
आफ्नै नेपाली भाइलाई टेप्पमा पारेर !
बरु बढाऊ सु मार्गामा तिम्रो पाइलाहरु
नभत्काउ अरुको बाटोलाई
रम्दैमा दुइदिन परदेशमा
नभुल नेपाली माटोलाई !!
भेट्नु छ हामी नेपालमा
गर्नुछ हामीले धेरै काम
सम्झीनु पर्छ इज्जेत र नैतिकता
नासंझिनु ठुलो पद र दाम !!
भबिष्य सम्झिउ आफ्नै बरु
सम्झिनु आफ्नै परिवार जन्
सम्मान गर साथीभाई लाइ
किन दुखाउ छौ आफु आफै मन
किन दुखाउ छौ आफु आफै मन …………….
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
