Skip to content


फूल होइन जिन्दगी
काँडाहरूको जेल हो।
भुल होइन जिन्दगी
भुलौनेहरूको मेल हो।।

सुख होइन जिन्दगी
दु:ख हरूको भेल हो।
मन होइन जिन्दगी
धनहरूको खेल हो ।।

खहरे होइन जिन्दगी
साउनको भेल हो।
साहरा होइन जिन्दगी
उमालिएको तेल हो।।

1 thought on “जिन्दगी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *