Skip to content

आउनुहोस गजल संवन्धी बहशमा भाग लिऔ


आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन ।
नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे । हामीले पनि होष्टेमा हैसे लगायौ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण गरिरहेका छन । गजललाई किर्ने काडाको संज्ञा दिन पनि पछि परेका छैनन । तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै छैन । गजल एक सशक्त विधा हो । यसले अन्य विधाले, हजारौ पेजमा लेखिएको ग्रन्थ या महा ग्रनथले पनि उठाउन नसकेको वा वर्णन गर्न नसकेको विषय वस्तु पनि एउटा शेरले वर्णन गर्न सक्छ । त्यसेले उनीहरुका वीचारमा कुनै दम छैन । दम विनाको विचार लामो समय सम्म टिक्न सक्दैन । तर हामीले यस तर्फ भने सोच्नै पर्ने वेला आएको छ । गजललाई पाल्तु एवम् किर्ने काडाको संज्ञा दिनेहरु संग डटेर लड्नु पर्ने वेला आएको छ । कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यसको लागि हामीले वोलरे होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई किर्ने झारको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । गजललाई बहरवाट अलग्याइदै छ । अर्थात गजललाई लयबाट अलग्याइदै छ । गजल गेय विधा हुदा हुदै पनि यसलाई पाठ्य विधाको रुपमा लैजाने काम हुदै छ । यो राम्रो लक्षण होइन । जुन कुराहरुको वारेमा हाीले सोच्नु पर्ने वेला आएको छ । हो । आज यिनै विषयमा आवाज वुलन्द गर्नु पर्ने वेला आएको छ । कलम तिखार्नु पने वेला आएको छ । आज यही विषयमा अधारित भएर बहस छेड्नु पर्ने आस्यकता देखिएको छ । आज मैले त्यही कुरामा आधारित चलाइएको बहसलाई निरन्तरता दिने विचार गरेको छु ।
कमजोरी सवैमा हुन्छ ती कमजोरीलाई हटाएर अघि वड्नु नै आजको आवस्यक्ता हो । आज म गजलको तपाईहरु संग परिभाषा दिन होइन तपाईहरुकै धारणा (विचार) वुझ्ने जमर्कोमा छु । यो मेरो एउटा अभियान नै हो । यसमा तपाईहरुले मलाई सहयोग पुर्याउनु पर्ने हुन्छ । हुनत यही अभियान मैले पहिला देखि नै चलाउदै आएको हु । पहिला यो छापा माध्यममा मात्र सिमित थियो तर आज यसलाई म इन्टरनेट मार्फत अगाडि वढाइरहेको छु । आसा छ तपाईहरुले मेरो यो अभियानलाई सहयोग पुर्याउनु हुने छ ।
यसमा तपाई आफ्नो गजल संवन्धी धारणा राख्न सक्नु हुने छ । तपाईका सवैखाले विचारहरु स्वीकार्य हुने छन । तर सकारात्मक विचारहरुलाई मात्र गजल संवन्धी विभिन्न लेखमा राखिने छ । वाकी सवै धारणाहरु पनि बहस अन्तर्गत आउने नै छन । मलाई लाग्छ यसले तपाईलाई आफ्नो धारणा अरु सामु राख्ने अवसर मिल्ने छ । तपाईको धारणा सिद्धहस्त गजलकारहरुका साथै लाखौ पाठकले पनि वुझ्न पाउने छन । यो एउटा बहस पनि हो । यस बहसलाई वुदागत रुपमा प्रस्तुत गरिने छ र पूर्ण भए पछि एउटैमा समायित गरिने छ । सवै सहभागीहरुले पूर्ण लेख (विचार वा बहसको लेख) उपलव्ध गराइने छ । साथै संभव भएमा यो वहसलाई विभिन्न विद्धुतीय तथा छापा मिडिया मार्फत प्रसारण तथा प्रकाशन गराइने छ । बुदागत रुपमा तल हेनुहोस । हुनत यो एउटा जानाकारीका लागि मात्र हो तपाईहरुले पछि पुनः आ–आफ्नो इमेलमा बहसका वुदाहरु पाउनु हुने नै छ । साथै भविष्यमा यही बहसमा आधारित रहेर एउटा कृति पनि प्रकाशन हुने आसा लिएको छु । तर यसको लागि भने पहिला तपाइले मलाई आफ्नो इमेलमा राख्नु पर्ने हुन्छ ।

१ संपूर्ण गजलप्रेमीहरुले आ–आफ्नो धारणा राख्न सक्ने छन । साथै आफूलाई मन परेका अन्य स्थापित श्रस्ठाहरुको विचार पनि पठाउन सकिने छ । तर त्यस्तो धारणा वा विचारको लागि कहाबाट उधृत गरिएको हो त्यो भने उल्लेख गर्न जरुरी हुन्छ ।

२ उत्कृष्ट विचारहरुलाई मुल लेखमा समागित गरिने छ । साथै वाकी सवै विचारहरुलाई पनि बहसमा भने समावेस गरिने छ ।

३ नकारात्मक विचारलाई मुल लेखमा समावेस गरिने छैन ।

४ बहसलाई अलग अलग वुदामा प्रस्तुत गरिने छ । सवै वुदा पुरा भए पछि एउटा मुल लेख वा बहसमा समायोजन गरिने छ । अर्थात सवैलाई एकै ठाउँमा राखिने छ ।

५ यस बहसको मुख्य उदेस्य भनेको नेपाली गजल उत्थान तथा संवर्धनमा तपाइकै धारणाहरुलाई स्थापित गरी सवै सामु पुर्याउनु नै हो । साथै तपाईको यो धारणा सवै सामु पुर्याउनु नै हो ।

६ यो कार्य पुरा भए पछि विभिन्न वेभ पत्रिकामा राख्नुका साथै छापा तथा विद्धुतीय मिडियामा प्रकाशन तथा प्रसारण गराइने उदेस्य राखिएको छ । साथै विचार पठाउने सवैलाई उपलव्ध गराउने प्रयास गरिने छ ।

(७) बहसमा भाग लिन चाहने संपूर्ण गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखकको इमेल ठेगाना keshubirahi2008@yahoo.com वा keshubirahi@gmail.com मा पठाउन सक्नु हुने छ । साथै http//www.nepaligazal.com अथवा http//www.srasta.blogspot.com मार्फत गएर वा सिधै http//www.freewebs.com/dobato/मा गएर त्यहा रहेको दोवाटो वेभ पत्रिकाको भित्र रहेको गजल संवन्धी छलफलमा गएर फाइलमा भएको Reply to Author मार्फत पनि पठाउन सक्नु हुने छ । अथवा मा तर त्यहा बहशका एक एक वुँदा मात्र राखिने हुनाले जुन वुँदा राखिएको छ त्यही वुँदामा मात्र भाग लिन सक्नु हुने छ । तर सिधै इमेल मार्फत भने संपूर्ण विचार पनि राखन सक्नु हुनेछ । तर इमेल गर्दा युनिकोर्डमा नलगी पठाउन अनुरोध गरिन्छ ।

(क) तपाईको गजल संवन्धी धारणा वा विचार के रहेको छ ?
…………….. …………… …………………….
…………….. …………… …………………..
(नोटः यहा तपाई गजल संवन्धी आफ्ना विचार वा आफूले वा अरुले लेखेका लेख वा दृष्टिकोणहरु पठाउन सक्नु हुने छ । यस भित्र गजलका तत्वको वारेमा पनि उल्लेख गर्न सक्नु हुने छ ।)

भाव, कल्पना, विम्ब तथा प्रतीक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रुपलाई गजल भनिन्छ जसमा एउटै छन्दमा तीन वा तीन भन्दा वढी शेरहरु हुन्छन । डा. कृष्णहरि बराल पल्लव वर्ष –४,अङ्क –१३

गजल भनेको कोमल र हार्दिक भावको सशक्त रसङिछिप्त अभिव्यक्ती हो । यसमा काफिया र लय अनिवार्य तत्वका रुपमा रहन्छन । आधुनिकताका नाममा यी दुई तत्वलाई विर्सन र विगार्न मिल्दैन । ललिजन रावल पल्लव वर्ष –४,अङ्क –१३

(ख) गजलको उत्पती र विकासको वारेमा के कति जानकारी रहेको छ ।
…………. ………. ………… …………..
…………. ………. ………… …………..
(नोटः तपाई संग त्यस्ता थुप्रै जानाकारी हुन सक्छन जुन अगाडि कहिल्यै वाहिर आउन नसकेका हुन । या कुनै संन्दर्भ ग्रन्थ जुन आज सम्म समेटिएका छैनन । तर ग्रन्थको प्रयोग गर्दा लेखक, प्रकाशक। प््रकाशन मिती । अङ्क अनिवार्य रुपमा उल्लेख गर्नु होला ।)

(घ) नेपाली गजलका गुण वा दोशको वारेमा के कती जान्नु हुन्छ ?
…………. ………….. ………… …………..
…………. ………….. ………… …………..
(नोटः यस्ता वुदाहरु मैलिक रुपमा पनि निमार्ण गर्न सक्नुहुन्छ । अरुका पनि राख्न सक्नु हुन्छ । तर अरुका वुदा राख्दा त्यो उल्लेख गर्नु पर्छ ।)

(ङ) नेपाली गजलका चुनौतिहरु के के हुन सक्छन ?
………….. ………….. ……….. ………….
………….. …………. ……….. ………….
(नोटः तपाई वँुदागत रुपाम उल्लेख गर्न सक्नु हुने छ ।
(च) बहर के हो र यो किन आवस्यक छ ?
……………… …………. ………… ……….
……………… …………. ……….. ……….
(नोटः यहा भने आफ्नो धारण राख्न नभुल्नु होला ।
(छ) बहर र सर्जकहरु ………….. ………… ………. …………..
………….. ………… ………. …………..
(नोटः बहरमा कलम चलाउनेहरुको वारेमा के कति जानाकारी छ
यदि जानकारी भए उल्लेख गर्नु होला । साथै बहरमा लेखिएका गजल संग्रहहरु को वारेमा पनि उल्लेख गर्नु नभुल्नु होला ।

(ज) अन्त्यमा बहसमा भाग लिदा कस्तो अनुभव भैरहेको छ । कुनै सुझाव छन कि ?
……….. ……….. ……… ……….
यसमा आफ्नो प्रष्ठ धारणा दिनु होला । यस्को आवस्यकता वा औचित्यको वारेमा पनि लेख्न सक्नु हुने छ ।
नोटः यो एउटा सैधान्तिक बहस मात्र हो तर बहसका अन्य त्यस्ता थुप्रै वुदाहरु छन जुन पछि उपलव्ध गराइने छ ।

केशु बिरही
नेपाल गजल प्रतिष्ठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *