नयन्मै टंसायौ जवानी तिमीले ।
ममाथि खसायौ जवानी तिमीले ।।
म भन्दै तिमीमा दुनिया विलाए ।
र दाउ फसायौ जवानी तिमीले ।।
संधै मौनताको संधै द्वन्दताको
र भाऊ बसायौ जवानी तिमीले ।।
‘हु’भन्दै गजल्मा तिमी झिल्मिलायौ
फजल्भै हंसायौ जवानी तिमीले ।।
छुटेरै महल त्यो तिमी लर्वरायौ
नवुझ्दै भसायौ जवानी तिमीले ।।
तेह्रथुम

birahi g gazal ta sarahi
birahi g gazal ta sarahi mitho lagyo. ani k gardai ho ta hajur le. mitha mitha gajal ajhai padhana paeyosh la. safal sahitya yatra ko subha kamana.