Skip to content

तामाङ सेलो (गीत)

तामाङ सेलो (गीत)

गंगाको पानी के पानी,त्यो भन्दा चोखो यो माया
शंका तिमीले नगर,यो कान्छाको भर पर
माथी त सैलुङ भिरैमा,पार्ने पो छैन पिरैमा
काठमंडोको दरबार,जोडाउ है अब घरबारा……लस्सो !

तिम्रो पनि पोइ छैन,मेरो नि भन्ने कोही छैन
पार्नेमा छैन दुखैमा,राखाउला सधै सुखमा
चित्ता तिमीले नदुखाउ,के छ है मनमा नलुकाउ
सुख दुख झेलाउल,घोर्ले छोरा खेलाउला ….लस्सो !!

सगुन आइराग ल्याइदेउल,बाउ माइतीलाई खोइ देउला
जे भन्छ रितले त्यहिँ मान्छु,बाचा कसम म खान्छु
सुनैको देउला म फुल्ली,सुन न ज्यान माया कान खोली
नबस माइतमा लर्केरा,आऊदैन जोबन फर्केर …..लस्सो!
नबस माइतमा लर्केरा,आऊदैन जोबन फर्केर …..लस्सो!

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *