Skip to content

कस्तो लाग्छ साथी तिमीलाई

  • by
PremOli


भीड-भाडमा पसी
कुइनोले तरुनी ढेस्नेलाई
माइक्रो बसमा
मान्छे, गुन्द्रुक झैँ ठेस्नेलाई
घरबार छाडी
जवानीमा खरानी घस्नेलाई
बनी जोडी
जताततै अँगालोमा बस्नेलाई
कस्तो लाग्छ साथी तिमीलाई ?
दिदी हुँदाहुँदै
आफ्नै भेना खोस्नेलाई

लोग्नेले पठाको त्यो
लुटाउदै धन, प्रेमी पोस्नेलाई
बच्चाको बाबु पनि
सुन्दरीको जालमा फस्नेलाई
छरियला झैँ गरी
कम्मरको प्यान्ट खस्नेलाई
कस्तो लाग्छ साथी तिमीलाई ?
गर्मीको निहु पारी
समीज मात्र कस्नेलाई
पुरुससंगै पेन्टीमा
स्विम्मिंग पुलमा पस्नेलाई
लाज सबै पचाएर
सदै पदमा बस्नेलाई
अनेक खेल गरी
देश र जनता डस्नेलाई
कस्तो लाग्छ साथी तिमीलाई ?

प्रेम अोली
दाङ
हाल: काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *