परदेशको पीड़ा स्वदेसको माया
अस्थाउन नदिनु मात्रुत्वको छायाँ
कल्पनाको महल होइन यथार्थको महल बनाउन
सम्भव थिएन स्वदेशमा त्यो सब थोक कमाउन
बन्दैन बिकास यो देशमा अशान्तिको बादल नहटे
बड़दैन देश अगाडी युबा शक्ति नजुटे
भरोसा नगरौ बिस्वासघाती नेताहरुको बोलीमा
अझै कति डुब्नेहो नेपाल रगतको खोलीमा
बिदेशमा सिकेको सिप सिर्जना अब स्वदेशमै देखाऊ
बन्द हड़ताल हत्या हिंसा हटाई शान्तिको सिर्जना गरौं
देश बने जनता बन्छ जनता बने देश
जहाँ रहे पनि नबिर्साऊ आफ्नै भाषा परिबेश
कहिले जन्मिछन नेपाल आमाको मुहार सजाउने सुपुत्र
बिगतमा जन्मे सबै चोर फटाहा देश चुस्ने कुपुत्र
एक जुट हुनु पर्छ अब युबा शक्ति देश बिकाश गर्नलाई
पाटीको कुरा आउनु हुन्न त्यहाँ अगाडी बड़नलाई
छिटो छिटो फड़को मारौ अघि सर्नलाई
निस्वार्थ भावना जगाऊ देशमा शान्ति ल्याउनलाई
अम्बिका लिम्बु”आशीष ”
हाँगुम -१ सिरान टोल पाँचथर
हाल निलाई मलेसिया
फ़ो नं .०१७२८६५८५३
