कठै मेरा ति सोचहरु!
कठै मेरा ति सोचहरु पापी समय र नियतिका घृणीत दावाले नफक्रिदै कोपिलारुपी आक्रितिमै निमठियो ! भ्रुण अबस्थामै निर्मम्तापुर्बक हत्या गरियो !! आज म सोकुल रुपले ति अतितका मेरा सोचका बिसयमा आत्मा समिक्छ्या गर्दै छु ! पन्छी जस्तै गाउदै उडी आकास छुने मेरा सोचहरु प्वाख रहित उड्ने नसक्ने लाचार पंखी भएको छु ! लैबरिको भाकैमा नाच्दै सयौ उकाली ओराली गर्दै छितिज चुम्ने मेरा सोचहरु हिड्ने नसक्ने खुट्टा बिहिन अपंग्गा भएको छु !! कठै ति मेरा सोचहरु! सोचाइमा मात्रै सिमित रह्यो,नाटककार र कथाकारको सोचाई झैँ भयो…..मैले सोचेका ति सोचहरु…..पुरा गरेरै छाड्ने मेरा घमण्ड पन कालिदासको व्यहोरा झैँ भयो …..आखिर म लाचार छु ति सोचहरुको अगाडी न त ति सोचाइहरुलाइ फुलाउन सके न त छितिज्का थुम्क्कहरुमा चुलाउना सके….कठै मेरा ति सोचहरु ..कठै मेरा ति सोचहरु !
राजेश रुम्बा लामा
दोहा कतार.
Reasonlama_rumba@yahoo.com
