बिहानीको लाली नछाउदैं
फूलमा बहार नआउँदै
यो मनको आशा सबै मरेछ।।
मेरो भाग्यको घामनै डुबेछ ।।।
कोपिला फक्रन नपाउदै
सुघन्धित हावा चल्न नपाउदै
जीवन मेरो ढली सकेछ ।।
मेरो भाग्यको घामनै डुबेछ ।।।
सुनौलो संसार देख्न नपाउदै
निमोठिएका ती सुन्दर कोपिलाहरु
रमाइलो भोलिको आशामा
मेरो भाग्यको घामनै डुबेछ ।।।
