आजभोलि माग्नेभन्दा लुट्नेहरू महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरू महान अरे
पाप धर्म हाम्रो कर्म आफैलाई थाहा छैन
गल्ती गरी बिना दण्ड छुट्नेहरू महान अरे
दुःख पर्दा आँशु झार्दै मेरो राजा भन्नेहरू
फकाएर लुटिसकी चुट्नेहरू महान अरे
कर्म गरी खानेहरू गाउँघरका पाखे भए
कुकर्म र वासनामा जुट्नेहरू महान अरे
लोभीपापी घरभरी सुख सयल खोजी रा’छन्
आफ्नो घर भडाएर फुट्नेहरू महान अरे

आजभोलि माग्नेभन्दा लुट्नेहरू
आजभोलि माग्नेभन्दा लुट्नेहरू महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरू महान अरे
wa basanta ji thyakkai Nepal ra Nepali ko bhogai paskinu bhayechha thanks
Bimal Gautam
Saudi Arebia
jindagi
धेरै हिडे जिन्दगीमा बिना लक्ष बेहिसाबमै हिडे
पाइला चले थाकिसके पुग्ने ठाउँ नपाएरै हिडे
रहरले हिडे करले हिडे लहडमै बेहोसिएर हिडे
दुखमा अनि सुखमा हिडे बिबसतामा डोहोरियेरै हिडे
…
आत्तिएर हिडे मात्तिएर हिडे बाटो भुलेरै हिडे
फुर्केर अनि तर्केर हिडे भिड हरुमा एक्लिएरै पनि हिडे
केहि लिन अनि केहि दिन हिडे बिपनिमै सपना देखेर हिडे
आगो सल्काई छाती भरि बाहिर हासो देखाएरै हिडे