तिमी आयौ जीवनमा हाँस्न थालेकी थेँ
थोरै खुशी संगालेर बाँच्न थालेकी थेँ ।।
भित्र भित्रै अट्टहासले निचोरेको आत्मा
मन बिगार्ने ऐजेरुलाई मास्न थालेकी थेँ ।।
जति ठक्कर लागे पनि ऐया नभनेर
जीवित आत्मा मेरो तेतै गास्न थालेकी थेँ ।।
एक्लै जिउँन धेरै कठिन ब्यहोरेकी मैले
बिबश हुँदै उस्को मायाँ साच्न थालेकी थेँ ।।
आज उस्ले पनि मलाई पराई ठान्छ अरे
तिरस्कृतको बार मैले भाच्न थालेकी थेँ ।।
तिमी आयौ जीवनमा हास्न थालेकी थेँ
थोरै खुशी संगालेर बाच्न थालेकी थेँ ।।
ईन्दीरा कुईकेल
दोहा कतार

तिर्थ(यात्री)पौडेल
हाँस सानु
तिर्थ(यात्री)पौडेल
हाँस सानु अझै तिमि मेरो खुशी थपी दिन्छु
दु;ख नहोस त्यो ज्यानलाई चोट म नै खपी दिन्छु,
तिमि हाँसे पूणिमाको जुन सम्झिएर
पर्खाइमा तिम्रो बाटो शीत थापी दिन्छु,
मिठो मिलन सम्झिएर बाँचेको छु म पनि त
न्यानो प्रित बसालेर त्यसैलाई तापी दिन्छु,
आफ्नै सम्झी तिमीलाई यो मनको मन्दिरमा
देबी ठानी पुजा गर्न तिम्रो फोटो राखी दिन्छु
लखनपुर ३,झापा,नेपाल ,
हाल;बहराइन्
मलाई एकदम मन पर्यो मैले यो
मलाई एकदम मन पर्यो मैले यो गजल मेरो रेडियो प्रोग्राम “सुनौलो बिहानि” रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज बाट प्रसारण गर्छु
नेपालि समय अनुसार शनिबार बिहान ८ देखि ९ बजे सम्म
web side on air को लागि. http://www.radiomirmire.com
साह्रै राम्रो गजल…मन पर्यो
साह्रै राम्रो गजल…मन पर्यो