Skip to content

म कामना गर्छु

म कामना गर्छु
झरनाको पानी सरी आँशु मेरो झरे पनि
कसैको बियोहोगमा छट्पटिएर म मरे पनि

दुखी नभइ सदा मुस्कुराउदैतिमी हाँसी दिनु
सयौँ सयौँ जुनी कसैको निम्ति बाँचि दिनु ।

खहरे खोला झैँ मेरो जीबनबगर सरी सुकेपनि

हर हमेसा आकाशको तारा टिप्ने मौका मैले चुकाएपनि

नैल नदि बनि तिमी धेरै दुरी नाप्नु
दिनमा बिलाइ जाने जुन तारा अन्जुलीभरि थाप्नु ॥

साँच्चै हो सानु म कामना गर्छु
आँशुको बलिन्द्र झारेर भए पनि भकानिएर रुएपनि
परोस् म नै रुनु
आखिर धनी सम्झिन्छौ होइन
आफुलाई ?

मेरो कामना छ

सदा सदा सुखी हुनु

ब्ाश सदा सदा सुखी हुनु ।

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumb

a@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *