Skip to content


चौतारीमा बर-पीपल रोप्नु भन्नु बाबालाई
मोढ बनाई तुलसी बिरुवा रोप्नु बन्नु आमालाई
 
मौसम भयो परिबर्तन वन जंगल मासिनाले
जन्म दिनमा सती-साल रोप्नु भन्नु मामालाई
 
शीतल ताप्नु पर्छ भरे उखरमाउलो गर्मि छल्न
आँगनीमा एउटा किच्ची रोप्नु भन्नु सानालाई
 
बारीछेउ आँप कटहर सुन्तला र स्याउहरू
सबै मिलाई रोप्नु भन्नु मौसममा खानालाई
 
गोड मेल तिमीले गर्नु मल जल लगाएर
फूलबारीमा फूलहरु रोप्नु भन्नु बैनालाई

लखनपुर
झापा,नेपाल

3 thoughts on “सन्देश गजल”

  1. तीर्थजी, सन्देशमूलक रचनाको
    तीर्थजी, सन्देशमूलक रचनाको लागि धन्यवाद छ। मलाई यो शेर विशेष मन पर्यो।

    मौसम भयो परिबर्तन वन जंगल मासिनाले
    जन्म दिनमा सती-साल रोप्नु भन्नु मामालाई

    कुमार

  2. मौसम भयो परिबर्तन वन जंगल
    मौसम भयो परिबर्तन वन जंगल मासिनाले
    जन्म दिनमा सती-साल रोप्नु भन्नु मामालाई

    तिर्थ यात्री जी गजल धेरै राम्रो छ । मौसम भयो परिवर्तन जंगल मासिनाले भन्ने कुरा भन्दा पनि कोपनहेगनको बैठको असर हो कि जस्तो पनि छ है ।

  3. तीर्थ यात्री जी गजल बहुतै
    तीर्थ यात्री जी गजल बहुतै राम्रो मन छुने छ । राम्रो लाग्यो यसरी नै तपाईको गजलहरु पढ्ने मौका पाउँ ।

    खड्ग अस्लामी (चिन्टु) पाल्पाली
    ak83aslami@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *