देशले आज बोलाएछ तिमीलाई !
जन्मभूमि सिच्याउनाका लागि !
देशले आज सोधिरहेछ तिमीलाई !
जन्मभूमि किन छोड्यौ भनी !
देशले आज बोलाई रहेछ तिमीलाई !
फर्की आऊ हे सन्तति भनी !
देशमा हुँदा छि छि भनी !
विदेशमा छँदा मेरो देश भनी !
देशमा हुँदा संस्कृतिदेखि दिक्क मानी !
विदेशमा छँदा कति रमाइलो सम्झी !
विदेशमा बसी हुँदैन है बिकाश !
स्वदेशको माटोमै रोप्नुछ पलस !
विदेशमा बसी ठुला कुरा गर्ने हो !
स्वदेशमा रही सानो कामको सुरुवात त गर्नु हो !
देशले आज बोलाएछ …….

Ramro cha
Ramro cha