Skip to content

थाहै नपाई कसैको नजरले


थाहै नपाई कसैको नजरले
म दोषी पाएछु
नचाहँदा नचाहँदै कसै सामु
म मित्र बनी छाएछु

अन्जान मै नजिकको सम्झी
मित्रताको साइनो लाएछु
निर्मोहीलाई विश्वास गरी
ब्यर्थै भेट्न धाएछु …..

हो, जबर्जस्ती मैले मात्रै
असल मित्र बन्न चाहेछु
हरेक दुख नलुकाई
आफ्नु वास्तविकता काएछु …..

मन दुखेछ आहिले सारै
झुठो आरोप ला’को देख्दा
विस्श्वास लत्याई बहिरीसँग
नजिकिने उसको चाह देख्दा

राजेश रुम्बा लामा
दोहा कतार..
reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *