दु ख पायो सारै नि धन पनि कमाएन
पिरै पिर सँधै भर मन पनि रमाएन ।
अरु त बाठो चलाख यत्ता उत्ति गरि कमाउछन्
भुलेर आफ्नो परिवार क्षणिकका लागि यत्तै रमाउछन् ।
न त सके कमाउन न पो सके रमाउन
जान्छु है बरु आफ्नै देश हलो कुदो समाउन ।
दु ख पायो सारै नि धन पनि कमाएन
पिरै पिर सँधै भर मन पनि रमाएन ।
रहर अहिले लागेछ तारे गाई चराउन
जुरेली ढुँगामा बसेर साथी सँगीलाई कराउन ।
याद आयो सारै नै कफल अँसेलु र अमला
धेरै टिप्न रुख चढ्थिन् मेरी चेली कमला ।
दु ख पायो सारै नि धन पनि कमाएन
पिरै पिर सँधै भर मन पनि रमाएन ।
राजेश रुम्बा लामा
दोहाकतार
Reasonlama_rumba@yahoo.com
