Skip to content

मेरो चिता तयार पारिदिनुहोस्


हुन सक्छ भने मेरो चिता तयार पारिदिनुहोस्
निम्सरो भई जिउँदिन घाँटी थिची मारिदिनुहोस् ।।

अपाङ्गलाई बैशाखीको साहरा नै किन चाहियो
सम्पन्नलाई अपनाएँ आज एक्लै छाडिदिनुहोस् ।।

पत्थरको त्यो मुटु भित्र थोरै बास मागेँ मैले
तर दिनु पर्दैन भो भाङ्लोमा झारी दिनुहोस् ।।

म मर्दैमा तपाईको हार हुन्न पिरतीमा
यो मुटुको चोखो मायाँ फेरी कहीं सारिदिनुहोस् ।।

म त डुबे समुन्द्रमा किनार लाग्ने आश छैन
डुङ्गा बनी पिरतीको उस्लाई पारी तारिदिनुहोस् ।।

हुन सक्छ भने मेरो चिता तयार पारिदिनुहोस्
निम्सरो भई जिउँदिन घाँटी थिची मारिदिनुहोस् ।।

जगत राम बर्देवा (घायल )

दोहा कतार

1 thought on “मेरो चिता तयार पारिदिनुहोस्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *