सानो सुन्दर हाम्रो देश मा
जनता भन्दा नेता धेरै भयो
भत्ता बढाउछन ति नै नेताको
गरीब जनता महंगी ले सेरेको सेरे भो !
दुइ जिब्रे नेतालाई साथ दिनु
इमान्दार जनताको योगदान खेरै भो
हिजो सम्मका भुस्स्या नेताहरु पजेरोमा देख्दा
दिन दुखी जनता हेरे हेरै भो !!
जनताको ढुकुटीबाट यी नेता भानाउदोले
करोडौको गाडी फेरेको फेरै भो
कर्म योद्दा नेपालीलाई
बहिरिको रीणले बेरेको बेरै भो ………….
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
