Skip to content

“चाडैं घर फर्कुला “


सात समुद्रपारि आएको छु आमा
दश नंग्रा खिँयाउनलाई
भोक तिर्खा सही परिश्रम गर्छु
साहुको ऋण तिर्नलाई ।।

बिदाईको क्षणमा लाएको टिका
अहिल्यै जस्तो लाग्छ ।
त्यो घर, गाउँ सम्झेर ल्याउदाँ
भक्कानो छुट्दछ ।।

टनाटन घाम,लग्लगाउने जाडो
यो कस्तो ठाउँ हो ?
बारुद, गोलीसँग बर्सिने जीवन
खुकुरीको धारमा भो ।।

त्यै पनि हार खाँदिन म आमा
मिहिनतको फल कमाउँला ।
नरोई बस है मेरी आमा
चाडैं घर फर्कुला ।।

-शुस्मा (धरान,सुनसरी)
हाल:सिङ्गापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *