प्रकृतिले नफुला सिर्जनाको फुल
फुलाउनु छ हामीले यहाँ
साहित्यको सिरलाई
सगरमाथामा चुलाउनु छ हामीले यहाँ !
रुडी बादीले ग्रसित हाम्रो समाजमा
साहित्यरुपी महाबाणीले
सहि बाटो खुलाउनु छ हामीले यहाँ
संस्कार र
नैतिक्तहिन हाम्रो समाजमा
चेतनाको ज्योति बलाउनु छ हामीले यहाँ !!
नैतिक्तहिन हाम्रो समाजमा
चेतनाको ज्योति बलाउनु छ हामीले यहाँ !!!
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
