Skip to content

फूल नभई झर्यो भन्दिनू है


हुलाकी दाइ तिमीबाट सर्यो भन्दिनू है
कोपिला थ्यो फूल नभई झर्यो भन्दिनू है ।।

जीवन यापन गर्नलाई साथ कोही नपाएर
बियोगले आत्माहत्या गर्यो भन्दिनू है ।।

म मरे नि आँशु झार्ने छैनन् दुनियाँमा
मृतुलोकमा खाली ठाउँ भर्यो भन्दिनू है ।।

मायाँ पाउँने आशावादी मन्मा ताल्चा ठोकी
बडेमानको खाडलभित्र पर्यो भन्दिनू है ।।

तिम्रो लागि काँडे तारको बार लाउँदैन रे
अन्तिम ईच्छा पूरा नभई मर्यो भन्दिनू है ।।

हुलाकी दाइ तिमीबाट सर्यो भन्दिनू है
कोपिला थ्यो फूल नभई झर्यो भन्दिनू है ।।

जगत राम बर्देवा (घायल)
दोहा कतार

2 thoughts on “फूल नभई झर्यो भन्दिनू है”

  1. really it,s so great .its,
    really it,s so great .its, touched in my heart ok bye the way best of luck it,s o nice…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *