जस्तो भाग्य त्यही भोग्नु पर्ने
छाड्नु पर्यो आफन्त गाउँघर नि
सिमखोलीमा पानी आ’छ, आ’छैन
धेरै भयो निरमाया गैरी-खेतमा जोत्न पा’छैन………..
सधै सँगै बस्ने मन हुँदा नि
बिदेश लागे सन्नानी रुँदा नि
सिमखोलीमा पानी आ’छ, आ’छैन
धेरै भयो निरमाया गैरी-खेतमा जोत्न पा’छैन………..
झल्को आउँछ गाई-बाख्रा चरा’को
साल घारीमा दुई जना हरा’को
सिमखोलीमा पानी आ’छ, आ’छैन
धेरै भयो निरमाया गैरी-खेतमा जोत्न पा’छैन………..
मन लागेछ बर्षे धान रोप्नलाई
सान्कन्छिको दुई आँखा छोप्नलाई
सिमखोलीमा पानी आ’छ, आ’छैन
धेरै भयो निरमाया गैरी-खेतमा जोत्न पा’छैन………..
झर्थे खेत बजाउँदै मुरली
धपाउँथे बाख्रा उनले नि ओराली
सिमखोलीमा पानी आ’छ, आ’छैन
धेरै भयो निरमाया गैरी-खेतमा जोत्न पा’छैन………..
असारमा जोतियो खेत भिजेर
छ्यापिन्थ्यो हिलो हाँसिन्थ्यो पेट मिचेर
सिमखोलीमा पानी आ’छ, आ’छैन
धेरै भयो निरमाया गैरी-खेतमा जोत्न पा’छैन………..
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

dherai asar gaye, sim kholima
dherai asar gaye, sim kholima pani pani pakkai ayo, but hali dai bina khet bajhai rahyo. anyway it is a good poem. keep it up.mala paudel, australia.
mala madom hajurlai so many
mala madom hajurlai so many tnx la commentko lagi….hajur sayad hajurle vaneko jastai ho …vannna pani namilne re k…hehehehhehehe…herdai garnu hola ……
rajesh rumba lama “atript”
reasonlama_rumba@yahoo.com