माछा मार्ने ए चेपांग दाइ
राप्तीको तिरै तिर माछा मार्ने ए चेपांग दाइ
आज कति माछा मार्यो भन न हामीलाई ……….२
कहिले थुन्छाउ दुहाली त कहिले हानछौ जाल पनि
त्यसै गरी बित्यौ तिम्रो कयौ कयौ साल पनि ………..
तर कहिलै भएन माथी दाज्यु ,सधै तिमी दुखमा
तिमीलाई पनि मन त होला दाज्यु,सधै बस्ने सुखमा ……
मनहरीको खोलै खोला बल्छी हान्ने ए चेपांग दाइ
आज ढडिया कति पर्यो भन न हामीलाई ……..२
साझ जानछौ बजार तिमी मनहरी र लोथोरको
भट्टी पसी तान्छौ सधै कडा पानी बोतोल्को
घरमा भने माउ बच्चा दाज्यु ,तिम्रो बाटो हेर्दै हुन्
अंगमा छैन सरो लुगा दाज्यु ,जाडोले चुलो घेर्दै हुन् .
छाड देउ अब माछा मार्न छाड देउ भट्टी धाउनलाई
बरु तिमीले मन गर अन्न बाली लाउनलाई
छाड देउ अब माछा मार्न छाड देउ भट्टी धाउनलाई
बरु तिमीले मन गर अन्न बाली लाउनलाई ……………………
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार……
