रोइदिन्छु म त साँच्चै हजुरले छाडी गए
जिन्दगीभर पाप लाग्ला मलाई एक्लो पारि गए ।
बसेकी छु प्रतीक्षामा कैले आउँछौ तिमी भनी
सधैँ रुन्छ यो मन मेरो आसैआसमा टारी गए ।
तिम्रो तस्बिर घुमि रहन्छ मेरो आँखा वरिपरि
भरिन्छ गहमा आँसु साँच्चै माया मारी गए ।
मलाई तिम्रो झझल्कोले एकान्तमा सताउँछ
कसरी म बसौं आज वाचा तिमीले हारी गए ।
