Skip to content

यो बर्ष हाम्रै हित बनेर आउनेछ

  • by


बिस्मृतिको धुलोमा
पुरिँदै, धसिँदै
अनि कुना,कन्दरा र डाली डालीमा
लहराउँदै आयो भन्छन्
नयाँ बर्ष।

मनमष्तिस्कमा
बिझाउँदै,पोल्दै
अनि आँखा र अधरहरूमा
लोलाउँदै, मुस्काउँदै
सुसायो भन्छन्
नयाँ बर्ष ।

खै त! अतितमा झै
उल्लास र उमंग
नयाँ बर्षको?
खै त! बिगतमा झै
हर्ष र खुशियाली
नव आगमनको? 
हो सबै प्रश्नहरू
अनुत्तरित छन्
सबै जिज्ञासाहरू
मौन छन्
किनकि हामी सबै
यस घडी मौनताको
छाँयाभित्र अल्मलिएकाछौं
त र पनि हामी
हौं, आशाबादी
यो बर्ष हाम्रै हित
बनेर आउनेछ,
यो समय हाम्रै जीत
बनेर छाउनेछ।

पन्साऊँ नकारात्मक
सोंचहरूलाई,
हटाऊँ बैमनष्यताका
पर्खालहरूलाई,
गरौं न्वारान
आउने नयाँ शिशुको
राखौँ नाम
शान्ति र सद्भाव भनी ।

पर्दैन गर्न स्वागत
फूलको हत्या गरेर
पर्दैन गाउन गीत
शुभकामना भनेर
गरौं चोखो आत्माले
भाव स्वच्छ पोखेर
मिलाऊँ हातहरू
नयाँ बर्ष सुखद
होस् भनेर।

यही कामना गरौ
सबै मिलेर,
नयाँ भावना जगाउँ
नव बर्ष फलोस्, फुलोस
भनेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *