साथीत्वको मिठो साथ र माया दिएकै थिए
आर्को नाता खोज्यौ किन ?
वास्तविकता तिमीलाई सुनाउदा
तिम्रो छाती गोच्यो किन?
झुट्टो कुरामा तिमीलाई अल्झाई, खेलौना
बनाउने चाहना थिए
शंकैशंकाले सोच्यौ किन ?
माया त आखिर साथीको पनि माया नै त हो
प्रेमीको माया खोज्यौ किन?
तिमीले नि साथीको रुपमा लिन सक्थ्यो मलाई
प्रेमीको रुपमा रोज्यौ किन?
पहिला त आखैमा लुकाउँला झैँ गर्थी
अहिले पैतालामा नि गोच्यो किन?
साथीत्वको मिठो साथ र माया दिएकै थिए
आर्को नाता खोज्यौ किन ?
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

pratham ta yahalai nayasaalko
pratham ta yahalai nayasaalko subhakamana ani comment garnu vako ma dgherai dherai tnx la.