हुने खनेको छोरा हुँ म
नाम हो मेरो सोम ,
मैले भने मानेन भने
काट्छु खोम खोम !
तरबार मेरो साथी हो,
पल्सर बाईक जिग्री ,
बाउले पेशा पेलेर भए नि
पास गरेछु डिग्री !!
गल्ली गल्ली लुट्दै हिंड्छु
गर्दै हिड्छु हल्ला ,
बिहानै देखी खान्छु,तान्छु
हुदै हिड्छु झल्ला !
कति गरें बलात्कार त
कति बेचें चेली
कति जना त अपंगै छन्
मेरो बाइकले पेली।
मंत्री सबै बाउको साथी
पुलीस मेरो मित्र
दुइदिन मै बाहिर हुन्छु
पर्यो भने जेल भित्र …….
बोके धेरै हतियार नि
मन्दिरको मुर्ति नि चोरें
कहिले खर्च नहुदा
धेरै घर नि फोरें।
नेताहरु नि स्याबास दिन्छन
देखेर मेरो काम,
सबैले गर्छन हाइ हाइ
कमाको देखेर मैले नाम …………
हुने खनेको छोरा हु म
नाम हो मेरो सोम ,
मैले भने मानेन भने
काट्छु खोम खोम !
राजेश रुम्बा लामा ‘अतृप्त’
दोहा कतार


pratham ta yahalai nayasaalko
pratham ta yahalai nayasaalko subhakamana ani comment garnu vako ma dgherai dherai tnx la.
yp hamro des ma vaeka samsamiyak ghatnalai adhar maanera lekheko ho hajur
Rojhnu bho Saral saaili, tara
Rojhnu bho Saral saaili, tara gahiro thaili. Maane maile Som tapai lai, nihuriyera 10 Aamla Jodi.
Feri feri tapai ko padne asha ma.
Nepal, Kathmandu.
KeTa