निहत,
टाउकाहरू
संघारभरी थुप्र्याएर
म आफ्नै टाउको
नतमस्तक गरिरहेछु,
निस्त्रय,
मन लिएर अझै पनि
म नांगो नाँचको
रमिते बनिरहेछु,
हो मलाई थाहा छ
म आफ्नै घरलाई
कैदी थुन्ने, काल कोठरी
बनाइरहेछु,
आफ्नै आंगनलाई
रातो रगतले पोँतिरहेछु ,
भन्लान् अरुले मलाई
शरम पचेको मान्छे,
सोँच्लान हर कोहीले
बुझ पचेको मान्छे
हो….. म शरम पचाएर
सहिरहेछु ,
किनकि म पनि त
अंशियार नै हुँ नी
यो भूमीको सारा
नाटकिय कथाहरूको
पात्र बन्ने ।
त र सोँच्छु म
किन यो अभिनयमा
अनी मेरो अंशमा
अकार्य भूमिका मात्र
पर्न गयो ?
कि त मेरो भूमीको भागमा
यस्तै अकर्ण्य कार्यको
कथा मात्र परेको छ वा
मैले यस्लाइ मेरो
नक्कली चरित्र मात्र बनाएर
अभिनय गर्नु पर्नेछ
म दुविधामा छु
यस्तो अपरिभाषित
चरित्रको पात्र बन्नु परेर।
हो मेरो अभिष्टमा
नकारात्मक भूमिकाको
कल्पना कहिल्यै थिएन
आफ्नै बाटोमा काँडा
रोप्छु भन्ने
स्वप्निल भावना
कदाचित थिएन,
तर! म बिवश बनेर
अक्रीत्य कर्मलाई आज
आलिंगनमा बाँधी रहेछु।
आफ्नै अनिच्छालाई
आत्मासात गरेर
मलिन हाँसो हासिरहेछु।
उफ!कस्तो बिडम्बना ?
आफ्नै भयावह चरित्रको
क्रुरतालाई पनि
कोमलता सम्झेर
आफै मुक दर्शक बनेर
रमिता हेरिरहेछु।
आफुलाई असहमतीको
तराजुमा जोखेर पनि
मान्छेकै नाटकमा ब्यस्त छु
मान्छेत्वको परिचय भूलेर ।
हो म, यिनै
राक्षसी प्रविर्तीको
अनुयायी भएर
बाँची रहेछु
हाँसी रहेछु,
आफै किङ्कर्तब्यबिमुढ
बनेर
मेरो नीरिह धर्तीमा।
रचना -अप्रिल २२, २०१०

i like your poem.Good poem.
i like your poem.Good poem.