Skip to content


नखोज मसँग
खुसीका दिन नखोज
म नि गरीब छु
सुखको छिन नखोज

नखोज मसँग
खुशीका पल नखोज
झुपडीमा नि हुन्छ माया
मसँग महल नखोज

नखोज मसँग
हासोको लहर नखोज
सुकुम्बासी बस्ती हो मेरो
झिलिमिली सहर नखोज

नखोज मसँग
हिराको हार नखोज
सकी सक्यो आशु सबै
आशुको उपहार नखोज
सकी सक्यो आशु सबै
आशुको उपहार नखोज

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *