Skip to content

आन्दोलनको भुमरीमा नपार न नेता हो
नेपालीको आँसु फेरी नझार न नेता हो

संबिधान लेख्नलाई ६०१ हात हुदापनि
भोलि भोलि भन्दै नटार न नेता हो

सत्तामा पुग्न आफु जनताको ढाल बनाई
आफु बाँचि सोझालाई नमार न नेता हो

गणतन्त्र आएपनि देशको विकासगति
झन् झन् पछी पछी नसार न नेता हो

बितिसक्यो बेला अब सुधार्न देश भनि
खबरदार कसै संगनि नहार न नेता हो

कृष्ण के श्रेष्ठ “काल्स ”

भिमेश्वोर ३ दोलखा
हाल
जापान योकोहामा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *