हाँस्न भने ओठ खोले,
आँखाबाट आँशु झर्यो
आफ्नो भनी माया दिए
दुनिया नै टाढा भयो
आँशुको त मोल नै रहेन छ
बलेसीको पानी जस्तै ,
दुखमा मात्रै आँशु झर्छ भन्थे ,
सुखमा नि झर्ने रहेछ
त्यसैले आँशुको मोल नसोध मलाई ,
म नै यसको खोजीमा छु !
निश्चल श्रेष्ठ
इजराइल
