आफूलाई मात्र ठूलो छु भन्नेहरू यहाँ
टिकटिक पर्खाले घडीको आवाजसँगै अवश्य ढल्नेछन्
विचारमा दारिद्रयता देखाउनेहरू
अवश्य कमजोर भएर मुख लुकाउनेछन् ।
बलियोले कमजोरलाई दबाउने मनसाय मरेर जानेछ
महान् विचार लिएर महान् पाएला सार्नेहरूले जित्नेछन्
विचारको यात्रा उज्यालो मुख लगाएर
अँध्यारोका विरुद्धमा उज्यालोको लागि हुन्छ
उज्यालोमा विचार हिँड्छ अँध्याराको छाती टेक्दै
ठूलो मन जित्न ठूलै विचार लिँदै
गर्वपथका काँडाहरू कुल्चदंै हिँड्न सक्तछ ।
मन सक्लै राखेर िहंड्न परेपिछ
विचारचाहिँ टुक्र्याउन सक्तैन
धम्की पिउँदै क्षणिक सुखले डकार्न चाहँदैन ।
त्यस्तै कसैका स्वप्नबिम्वहरू प्रिय ठान्दै
म पनि कसैका सपनालाई माया गर्न सक्दिनँ ।
जिन्दगीको विशाल फाँटहरूमा
मेरा सपनाहरू करोडौंका लागि नाचिरहन्छन्
हृदयको अन्तगर्भभित्र दमित हुँदैनन् सपनाहरू
युगौँयुगका लागि मलजल गर्छु
र फुलाउँछु जग डाक्ने गरी
साँच्ची म वैयक्तिक सपनाहरूलाई प्रेम गर्दिनँ ।
किनकि म र मेरा सपनाहरू !
केवल मभित्रका विभ्रम मात्र हुन्
म र मेरा मनभित्र लुकेका पीडा मात्र हुन्
अनि उकुसमुकुस भएका आर्त मात्र हुन्
म र मेरा सपनाहरूमा करोडौँ मन मिसिनुपर्छ
म शून्यमा विस्रन र हराउँन चाहन्छु
किनकि एक चाखो अनुभूति चाख्न चाहन्छु ।
जसरी जून हररात सधैँ अर्काका लागि रोएकै हुन्छ
जतिसुकै प्रिय र मिठास भएपनि सूर्य
सार्थक हुन आफू पोलिन्छ र अर्कालाई पोल्छ
त्यसरी नै म व्यक्त सपनाहरू पोलेर
अव्यक्त आनन्दका कथाहरू रच्न चाहन्छु
म यहाँ नौलो सृष्टि रच्न चाहन्छु ।
म तिनै कथाहरूलाई माया गर्छु
म तिनै आँसुहरूलाई प्रेम गर्छु
जुन सूर्यझैँ भएर देखा परेको हुन्छ
जुन जूनझैँ भएर देखा फिँजिएको हुन्छ
मेरो मन बोलेको धुन भएर गुाजेको हुन्छ ।
रुपनगर १ प्रगतिटोल सप्तरी
मो नं ९७४३०१२०७६, ९८४२८३१८६१
