हेर आमा तिम्रो मुक्तिको निम्ति सन्तानहरू लडिरहेकाछन्,
तिमीलाई समृद्ध बनाउन तिम्रा सन्तति अघि बढिरहेकाछन्।
हजारौँ सपूतहरू तँछाड मछाड् गर्दै आन्दोलनको मैदानमा,
वीरताका साथ तिमीमै समाहित हुन खोजिरहेका छन् ।
गाउँ गाउँ,बस्ती बस्तीबाट आम नेपाली जनता उठी,
गणतन्त्र नेपाल जिन्दावादको नारामा ताल भरिरहेकाछन्।
नयाँ संबिधानको सहयोगमार्फत् जन जनको मुहार फेर्न,
तिम्रा बहादुर सन्तानहरू हाँसी हाँसी मर्न तयार भैरहेकाछन्।।
गरीब, निमुखा सर्वहारा वर्गको अधिकारको निम्ति यहाँ,
भोक,तिर्खा र थकान नभनी आवाज उठाइरहेका छन्।
हे मातृभूमि तिमीलाई सजाउन देशप्रेमीहरू अघि बढिरहेकाछन्,
मजदूर, किसानको अधिकार सुनिश्चित गर्न आज फेरि लडिरहेकाछन्।।
कमल कार्की – बुटवल,मुर्गिया
हाल:-दोहा,कतार

Hajur ko yo kabita dharai
Hajur ko yo kabita dharai ramro 6. जी लिखते रहिये.