Skip to content

प्रकृति, कला र संस्कृतिको धरोहर पाल्पा
मनोहर पर्यटकीय स्थलहरूको वरदान पाल्पा
गगनचुम्बी हिमशीखरहरूको अवलोकनस्थल पाल्पा
करुवा र ढाका टोपीमा सुप्रसिद्ध पाल्पा
प्रवित्र कालीगण्डकीद्वारा आलिङ्कित पाल्पा
चुरे र महाभारत श्रृङ्खलाको संगमस्थल पाल्पा
हरिया पहाड र मलिला फाँटहरूको समिश्रण पाल्पा
अलौकिक हावापानीको धरतीटुक्रा पाल्पा
सामुदायिक वनहरूमा अग्रणी पाल्पा
अपार वन्यजन्तुहरूको वासस्थान पाल्पा
अमूल्य जडीबुटी र खनिजहरूको भण्डारण पाल्पा
सांस्कृतिक जैविक विविधताले भरिपूर्ण पाल्पा
स्रष्टा र होनहार व्यक्तित्व जन्माउने पाल्पा
शालीन, सुशील र विनयी जनको पर्याय पाल्पा
विविध जातजातिको फूलवारी पाल्पा
आफ्नै गरिमा र इतिहासको अकवरी पाल्पा
प्राकृतिक र सांस्कृतिक सम्पदामा अतूल्य भए तापनि
चौतर्फी विकासका सम्भावना बोके तापनि
गौरवयोग्य उच्च पदस्थ व्यक्तित्व उमारे तापनि
अनन्त सफलताका सपनाहरू बोके तापनि
गरिबी र बेरोजगारीले पिरलिएकै छ पाल्पा
युवालाई भारत र खाडीमुलुक पठाउन बाध्य छ पाल्पा
बाढी र पहिरोबाट जनधनको क्षति भोग्न विवश छ पाल्पा
अपेक्षाकृत जीवनस्तर उकास्न सक्षम भइसकेको छैन पाल्पा
यस्तै, यस्तै स्वरूपमा तिम्रो याद आइरहेछ पाल्पा,
याद आइरहनेछ पाल्पा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *