Skip to content

मलाई बाँच्नु छैन


भो मलाई पल पल मरेर बाच्नु छैन,
टुक्रिदा मेरो देश टुलु टुलु हेरेर बाच्नु छैन,
दाजुभाइ दाजुभाइ भिडन्त हुँदा
मुखदर्शक भएर बाच्नु छैन,
देशको सोसक र शासकको कठ्पुताली बनि नाच्नु छैन,
नेपाली जनको दु:ख र चित्कारमा मलाई हाँस्नु छैन,
त्यसैले … त्यसैले …
खबरदार !
जातिगत रुपमा देश टुक्राउन पाइदैन,
हामी नेपाली सन्तान एक हौँ,
हामीलाई छुटाउन पाइदैन …
हामीलाई छुटाउन पाइदैन !

राजेश रुम्बा लामा “अतृप्त’
दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *