Skip to content

मृत्युको खबर

  • by


सर्सर्ती  समाचार पढें आज राति
कठै मरेछ बिचरा मेरो मिल्ने साथी
साह्रै  खल्लो लाग्यो शोक मनाएँ
जानेको  गिन्तीमा फेरी एक बढाएँ ।
 
कलेज पढुन्जेल  मित्रता गाढा रह्यो
कमाउन परे’छि  बिस्तारै टाढा भयो
इमेल लेख्छु भन्दाभन्दै त्यसै व्यस्त भएँ
दोहोर्याई तेहेर्याई मृत्युको खबर पढदै गएँ । 

साथीको  निम्ति ज्यानको बाजी थाप्थ्यो
उ समिप हुँदा  मेरो आत्मविश्वास जाग्थ्यो
कांध थापी थापी मलाई यति माथी चढायो
कस्तो आत्मियता मरेपछि पनि खबर सुनायो । 

जो साथीसंग  लामो समय बिताएँ
ज्ञानवर्द्धक  विचार उसैको पछ्याएँ
ऐर्श्वर्य सम्मानले मलाई ऊ देखि छेकिदियो
परन्तु  आंखा अघि मृत्युको खबर  लेखिदियो । 

दुःखमा  सघाउंथ्यो ऊ साह्रै जाती
सुख पाएपछि अनायास मैले विर्से साथी
जरुरी कामले  सम्झिने फुर्सद कहाँ
मृत्यु  उप्रान्त सम्झी पछुताई रहेछु  यहाँ । 

छातीभरी अर्ति उपदेश प्रेमको  ऋण
यत्रो सम्मान, सम्पति मित्रकै देन
गुणै गुणको  त्यत्रो पैंचो अब कैले मैले तिर्ने
मृत्युको  खबर आंशु बनि मित्रकै  स्नेह झर्ने ।।

लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *