कहिले सोधें शान्ति मैले कहिले युद्ध सोधें
मारामारी भयो सधैं अनि बुद्ध सोधें,
कति मरे निसान लगाई बुद्ध तिम्रै चेलाहरू
निर्ममता साथ मान्छे मर्ने को हो क्रुद्ध सोधें,
सीताहरूको इमान आज धरापमा पर्दा
मानवताले भरिपूर्ण कोहि छ शुद्ध सोधें?
शान्तिपूर्ण बच्न पाउनु नेपालीको हक
पर्दा च्यात्न अशान्तिको बिरुद्ध सोधें,
तीर्थ (यात्री) पौडेल
लखनपुर-३, झापा, नेपाल,
हाल: बहराइन,
